नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले केपी ओली नेतृत्वको जंगली राजको अन्त्य गर्न जरुरी रहेको बताएका छन ।
ओलीका पछिल्ला गैरसंवैधानिक र जनभावना विपरीत कदम रोक्न सर्वदलीय संयुक्त संघर्ष गर्ने बेला आएको समेत बताएका छन ।
नवलपरासी पूर्वको कावासोतीमा आयोजित कार्यक्रममा बोल्दै महरले ओलीका पछिल्ला जनविरोधी गतिविधि नरोके व्यवस्थामाथि नै चुनौती थपिन सक्ने भन्दै अग्रगमनकारी शक्तिहरु गम्भीर बन्नु बताए ।
तत्कालीन माओवादी केन्द्रसँगको स्वार्थप्रेरित एकता र तत्कालीन मधेशवादी दलको समर्थन पाएपछि केपी ओलीले सर्वसत्तावादी चरित्र देखाउन थाकेको र हालसम्म आइपुग्दा अराजकताको हद पार गरिसकेको महरको भनाइ छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।