प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठकमा लगातार अनुपस्थित भइरहने नेताहरूलाई विधानअनुसार कारवाही गर्ने बताएका छन् ।
शनिबार एमाले निकट अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले माधव–खनाल समूहलाई लक्षित गर्दै उनले भने ‘मैले सुने उहाँहरु अदालतको निर्णयपछि पेरिसडाँडाबाट रूवाबासी गर्दै बानेश्वरको अर्याल होटलसम्म आएर बस्नुभएको छ रे । दुई चार दिन त्यहाँ बस्नुहुन्छ होला त्यसैले हामीले पार्टीको बैठक चैत्र ७ गते राखेका छौँ । उहाँहरुलाई समय मिलोस् भनेर ।’
ओलीले पार्टी बैठकमा अनुपस्थित भइरहे पार्टी विधानअनुसार हटाउन सक्ने चेतावनी समेत दिए ।
देश र जनताको लागि काम गर्ने आफ्नो पार्टीको विकल्प नभएको उनले दाबी गरे । कुलंगारहरू दुई तिहाईको सरकार ढालेर टालाटुलीको सरकार बनाउनतिर लागेको भन्दै ओलीले देश बिगार्ने तत्वहरूलाई जनताले निर्वाचनमा देखाउने समेत बताए । उनले आफ्नो नेतृत्वको सरकारले जनताको पक्षमा काम गरिरहेको दाबी गरे । विकास निर्माणमा समेत देशले फड्को मारेको उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।