रियल मड्रिडका कप्तान सर्जियो रामोसले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई आगामी सिजन बर्नाबेउमा स्वागत गर्न आफू तयार रहेको स्पष्ट पारेका छन् ।अर्जेन्टिनी फरवार्ड मेस्सीले बार्सिलोना छोड्ने चर्चा चलिरहँदा रामोसले आफू उनलाई रियलमा स्वागत गर्न तयार रहेको बताएका हुन् ।
बार्सिलोनाका नवनिर्वाचित अध्यक्षले सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले क्याप नोउ नछोड्ने बताइरहेका छन् । तर मेस्सीले भने यसै सिजनको अन्त्यमा बार्सिलोनाबाट ‘गुड बाइ’ भन्न सक्ने देखिएको छ ।तथापि, मेस्सीले बार्सिलोना छोडेर रियल मड्रिड जाने निधो गर्नेमा कोही पनि विश्वस्त छैनन् ।
‘ट्विच’सँगको कुराकानीमा उनले भनेका छन् म उनलाई स्वागत गर्न तयार छु । अझ म त उनलाई मेरो घर आउनका लागि सहयोग पनि गर्न सक्छु ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।