फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीका स्टार किलियन एमबाप्पेले बार्सिलोनाविरुद्ध जित दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा उलने बार्सिलोनाविरुद्ध चार गोल गरे ।विश्वकप विजेता एम्बाप्पे च्याम्पियन्स लिग इतिहासमा २५ गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका हुन् । एमबाप्पेले २२ वर्ष ८० दिनमा च्याम्पियन्स लिगमा २५ गोलको कीर्तिमान कायम राखेका हुन् ।
यसअघि सो कीर्तिमान बार्सिलोनाका मेस्सीको नाममा रहेको थियो । उनले २२ वर्ष २ सय ८६ दिनमा सो कीर्तिमान कायम गरेका थिए ।
बार्सिलोनाविरुद्ध पिएसजीलाई जिताउन महत्त्वपूर्ण भूमिका निभाएका एम्बाप्पे अर्जेन्टिनी स्टार मेस्सीप्रति सम्मान प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत एम्बाप्पेले मेस्सीसँगको फोटो हाल्दै ‘नमस्कार’ गरेको इमोजी प्रयोग गरेका छन् ।
एम्बाप्पेले प्रयोग गरेको इमोजीले मेस्सीप्रति गरेको सम्मानको सङ्केत बुझ्न सकिन्छ । उनलाई लिजेन्ड खेलाडीहरूमाथि सम्मान प्रकट गर्ने खेलाडीका रूपमा चिनिन्छ । यसअघि उनले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँगको तस्बिर राख्दै आफ्नो आइडल भन्दै सम्मान गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।