फ्रान्स लिग फुटबल ट्रान्सफरमा शिर्ष खेलाडी ट्रान्सफरको नेतृत्व बोकेको पेरिस सेन्ट जर्मनले विश्व शिर्ष दुई खेलाडी लिओनेल मेस्सी साथै क्रिस्टियानो रोनाल्डो दुवै खेलाडीलाई एकै क्लबबाट खेलाउने पहिलो संकेत दिएको छ ।
क्लब दुवै खेलाडी रोनाल्डो साथै मेस्सी माथि जोडिएको बेला दुवै खेलाडीलाई एकै क्लबमा संयोजन गर्ने अठोटको साथ स्पोर्टिंग निर्देशक लियोनार्दो अघि सरेका छन् ।
क्याम नाउको अन्तिम बसाईमा छन् लिओनेल मेस्सी साथै च्याम्पियन लिगबाट युभेन्ट्स बाहिरिदा रोनाल्डोको युभेन्ट्स बसाई समेत धरापमा पुगेको छ ।
हुन् त कुनै पनि योजना नरहेको भनिएको पीएसजीमा यस सिजनको आर्थिक गतिविधिले ट्रान्सफर निर्धारण गर्ने प्रमुखले बताए ।
रोनाल्डो केन्द्रित होइन पीएसजी तर रोनाल्डो र मेस्सी दुवै वा कुनै पनि विश्वस्तरीय खेलाडीका निम्ति पीएसजी गन्तब्य रहेको लियोनार्दो बताउछन ।
यस अघि नै लियोनार्दोले मेस्सीको विषयमा सार्वजनिक रुपमा नै मेस्सी पीएसजीको प्रमुख विकल्पमा रहेको समेत बताएका थिए । मेस्सी जस्ता दिग्गज खेलाडीको रोजाई पीएसजी हुने गरेको लियोनार्दोले दावी समेत गरेका थिए ।
रोनाल्डो मेस्सी नै पीएसजीको प्रमुख एजेन्डा नभएता पनि कुनै दुइ मध्येका एकले पेरिस जोडिने सम्भावना उच्च देखिन्छ । मेस्सी सम्झौताको उतरार्धमा छन् तर आफ्नो बसाई बारे सिजनको अन्त्यसम्ममा फैसला गर्ने बताएका छन् ।
क्लबमा रोनाल्डो मेस्सी बाहेक पनि दिग्गज खेलाडीहरु छन् र उनीहरुको विषयमा भने लियोनार्दोले केहि अन्य टिप्पणी गरेनन ।