बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

माओवादी केन्द्रले सरकारमा रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन


  • शनिबार, फाल्गुन २९ २०७७
12.3K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रले सरकारका रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ । शनिबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई यस्तो निर्देश गरेको  प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादीको तर्फबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन् ।

उनीहरु पार्टीमा नफर्की केपी ओली नेतृत्वको एमालेतिर लागेका छन् भने एमालेले केन्द्रीय सदस्यसहितका जिम्मेवारी समेत दिइसकेको छ । तत्कालीन नेकपामा विवाद हुँदा उनीहरु ओलीतिर लागेका हुन् भने त्यतिबेला ओलीलाई सहयोग गर्दा मणि थापा, प्रभु साह र लामाले मन्त्री बन्ने मौका पाएका थिए । उनीहरुले राजीनामा नदिए कारबाही गर्ने तयारी  माओवादी केन्द्रको रहेको बुझिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा