बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

भीम रावलको पद चैट, लेखराज भट्टलाई ओलीले बनाए सुदूरपश्चिम प्रदेश इन्चार्ज


  • शुक्रबार, फाल्गुन २८ २०७७
12.4K
SHARES

फाईल तस्बिर

एमाले अध्यक्ष केपी ओलीले भीम रावललाई हटाएर एमाले सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शुक्रबार प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेका हुन् । सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी नेताले पाएका छन् । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल,  गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इन्चार्ज बनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा