बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

रामचन्द्र पौडेल समूहको सत्ता मोह, देउवालाई भने, सरकार गठनको पहल गर्नुस् सहयोग गर्छौं


  • शुक्रबार, फाल्गुन २८ २०७७
14.7K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सत्ताको मोह झल्किने गरी, पार्टी सभापति, देउवालाई सरकार गठनको पहल गर्न अनुरोध गरेको छ ।

सरकार गठनमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग भेट्नुअघि सभापति देउवाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएका छन् ।

त्यसअघि पौडेल समूहका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएका थिए । भेलामा सहभागी एक नेता भन्छन्, ‘पदाधिकारी बैठकमा सभापतिजीलाई आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नुस्, हाम्रो सहयोग रहन्छ भन्छौं ।

कांग्रेस आफैंले भने आफ्नो नेतृत्वमा सरकार गठनको अग्रसरता देखाएको छैन । नेताहरुकाअनुसार यो विषय जसपा नेताहरुसँग शुक्रबार हुने छलफलमा धेरै भर पर्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा