नेपाली कांग्रेस पदाधीकारी बैठक आज बस्दैछ । दिउँसो ३ बजे पार्टी सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
बैठकमा वर्तमान राजनीतिक परिस्थितीमा कांग्रेसको भुमिकाको विषयमा छलफल हुने जनाइएको छ । यस्तै, देउवा–प्रचण्डको भेटमा भएका छलफलका विषयमा समेत कुराकानी हुने जानकारी दिइएको छ । यता, पौडेल समूहको बैठक आज बिहान महामन्त्री शशांक निवास महारजगञ्जमा बसेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।