नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले केपी ओलीको बुर्जुवा हेडक्वाटरमा बम हानेको बताउनुभएको छ ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कमिटी रूपन्देहीले गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले केपी ओलीविरुद्ध १९ बुँदे राजनीतिक प्रस्ताव पेश गरेर ओलीको बुर्जुवा हेडक्वाटरमा बम हानेको टिप्पणी गर्नुभयो ।
प्रतिनिधिसभा पुनःस्थापना भएको भन्दैमा आफूहरू ढुक्क भएर बस्ने अवस्था नरहेको अध्यक्ष दाहालले बताउनुभयो । आफ्नै खुट्टामा नउभिइ, अरुको भरमा भोट पाउने अवस्था नरहेको बताउँदै उहाँले अब संगठन विस्तार र सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले ‘आफ्नै खुट्टामा उभिउँ आफ्नै संगठन बलियो बनाउँ’ भन्ने विशेष कार्यक्रम लिएर आउन लागेको बताउनुभयो ।
पछिल्ला केही वर्षहरूमा आफूबाट भएका गल्तीहरूको आत्मसमीक्षा गर्न थालेको बताउँदै उहाँले पार्टीभित्र भएका साथीहरूलाई बढी समय दिने र बाहिरतिर नलाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पार्टी छाडेर जानेहरूको लागि भन्दा आफूसँग भएका साथीहरूको विषयमा बढी सोच्ने उहाँको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।