शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एकपटक पड्नै पर्ने, कुन दिशामा सिरानी लगाएर सुत्दा के हुन्छ ?


  • शुक्रबार, फाल्गुन २८ २०७७
18.6K
SHARES

फाईल तस्बिर

घरमा तपाई कुन दिशातिर सिरान लगाएर सुत्नुहुन्छ ? मानिसको सुताई उसको स्वाथ्यसंग सम्वन्धित हुन्छ । एकदम ख्याल राख्नुहोस कुन दिशा सिरान लगाएर सुत्नु सही हुन्छ भनेर ।

हामी जव दिनभरी काम गरेर थाक्छौं । शरीरको उर्जा कम हुन्छ । शरीरमा उर्जा कम भएपछि आराम जरुरी हुन्छ । शरीरको आरामको लागि सुत्नु अत्यावश्यक छ । तर सुताइका पनि नियम छन् ।

हात खुट्टा धोएर राम्रोसँग पुछेर मात्र सुत्नुपर्छ । शयन कक्षमा भगवानका चित्र हुनु राम्रो मानिन्छ । सूर्योदय भन्दा अघि नै उठिसक्नुपर्छ । हेरौ कुन दिशातिर सिरान गर्दा राम्रो हुन्छ ।

पूर्व सिरानी
सुरुवातमा पूर्व सिरानी, पूर्व दिशामा सिरानी लगाएर सुत्दा कन्सन्ट्रेसन तथा मेमोरी पावर बढ्ने एवं मानव स्वास्थ्यमा यसले राम्रो प्रभाव पार्ने जनाइएको छ । बिशेषत: विद्यार्थीवर्गहरूलाई यो दिशामा सिनानी लगाएर सुत्न फलदा हुने बताइएको छ ।

पश्चिम सिरानी
पश्चिम सिरानी ,पश्चिम दिशामा सिरानी लगाएर सुत्नु पनि ठिकै मानिन्छ । यो दिशामा सिरानी राखेर सुत्नाले नाम, दाम तथा रिपुटेसन अनी समृद्धी प्राप्त हुने शास्त्रको दावी छ ।

उत्तर सिरानी
उत्तर सिरानी सुत्ने समयमा उत्तर दिशामा सिरानी गर्दा विभिन्न रोग लाग्ने र समस्या आइलाग्ने हुन्छ । विशेष गरी मृत व्यक्तीहरूलाइ उत्तर दिशा तर्फ सिराने राखेर सुताइने गरिन्छ र बोक्ने गरिने भएकाले यसलाइ नराम्रो मानिन्छ ।

दक्षिण सिरानी
दक्षिणपट्टि सिरानी बनाउनु उत्तम मानिन्छ । दक्षिणबाट उत्तरी ध्रुवतर्फ प्रगतिशिल विद्युत प्रभाव भएको हुन्छ र यसले शरीरमा राम्रो उर्जा पैदा गर्छ । खाना पचाउन र मस्तिष्कको लागि पनि यो दिशाको सुताइ राम्रो मानिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा