शास्त्र अनुसार झुक्किएर पनि सुत्न नहुने समयहरु निम्न अनुसार छन् ।
१. घाम झुल्किएपछि
शास्त्र अनुसार घाम झुल्किएपछि पनि सुतिरहने सँग धनकी देवी लक्ष्मी रिसाउँछिन् । त्यसरी सुत्ने ब्यक्तिहरु जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । मानसिक तनाव हुने मात्र होइन, स्वास्थ्य पनि राम्रो हुँदैन ।
२. मध्यान्नको समय
मध्यान्नको समयमा पनि कहिल्यै सुत्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । विशेषगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी बढ्ने समस्या देखिन्छ । शास्त्र अनुसार मध्यान्नमा सुत्ने मानिस रोगी हुन्छ ।
३. घाम अस्ताउने बेला
घाम अस्ताउने बेला पनि कहिल्यै सुत्नु हुँदैन । शास्त्र अनुसार घाम अस्ताउने समय भनेको पुजा अर्चना गर्ने समय हो । विनाकारण यो समयमा सुत्ने व्यक्तिले कहिल्यै सफलता पाउन सक्दैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।