जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझीले सांसद पद गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् । माओवादी नफर्किने जिकिर गरेका उनले एमालेमा माधव नेपाल समूहलाई स्वागत गर्ने बताए ।
एमाले कास्कीले पोखरामा गरेको कार्यकर्ता भेटघाटमा रायमाझी पद जोगाउन माओवादी केन्द्रमा नफर्किने बताए । विचार, राजनीतिर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि हुन सकिने उनको दाबी थियो । सांसद पद बचाउन हामी हिँड्ने पक्षमा छैनौँ, रायमाझीले भने ।
बरु प्रचण्डसँग लागेर एमालेमै फर्किएका नेतालाई ओलीसँग काम गर्नैपर्ने बाध्यता रहेको बताउँदै रायमाझीले मन नबिगारी फर्कन माधव समूहलाई आग्रह गरे । ‘हामी त भइरा’छौँ भने अरु साथीलाई के गाह्रो छ ? हामी खुसी छौँ, उनले भने, बाटो बिराएका मन बिगारेका साथीहरूलाई हार्दिकतापूर्वक स्वागत गरौँ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।