बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

म छोड्नेवाला छैन, लड्नेवाला छु : प्रचण्ड


  • बिहिबार, फाल्गुन २७ २०७७
14.4K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छोड्नेवाला छैन, म लड्नेवाला छु भन्ने अभिब्यक्ति दिएका छन । माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा उनले उमेर ढल्किदै गए पनि अहिले आफू चुप लागेर नबस्ने बताए ।

जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६/६७ वर्ष भएँ । उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए’ उनले भने, ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म छोड्नेवाला छैन, म लड्नेवाला छु ।’

उनले अब २/४ वर्ष काठमाडौं भन्दा बाहिर पार्टी अभियानमा बढी समय बिताउने योजना रहेको पनि बताए । ‘फेरि २/४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, किनभने प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिश गरेका छन्’ उनले भने ।

उनले अघि भने, ‘आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा