बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

ओली पक्ष पेलेर जाने मनस्थितिमा देखियो,ओली पक्ष संग आत्मसमर्पण चाही कुनैहालतमा गरिदैन : माधब नेपाल समुह


  • बिहिबार, फाल्गुन २७ २०७७
11.1K
SHARES

फाईल-तस्बिर

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष पेलेर जाने मनस्थितिमा देखिएको विश्लेषण गरेका छन् । आफूहरु पार्टीभित्र एकता कायम होस् भन्ने पक्षमा रहेको बताएका नेताहरुले अर्को पक्षसामू आत्मसमपर्ण भने नगर्ने बताएका छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि साबिक नेकपाको प्रचण्ड समूहसँग अलग भएको माधवकुमार नेपाल पक्ष अन्तरिक छलफलमा जुटेको छ । मंगलबार सांसदहरुसँग छलफल गरेका नेताहरुले बुधबार केन्द्रीय सदस्यहरुको भेला गरेका हुन् ।

बानेश्वरस्थित अर्याल होटलमा भएको भेलामा केन्द्रीय सदस्यहरुले पछिल्लो २/३ दिनको घटनाक्रमको विश्लेषण गरेका छन् । नेताहरुका अनुसार एमाले ब्युँतिएपछि नेतृत्वले सम्वाद थालेको छैन । बरु कैलाली लगायतका जिल्लामा भएको घटनाले अध्यक्ष ओलीले नेतृत्व गरेको समूह पेलेर जाने मनस्थिति देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा