शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

म्यानचेष्टर सिटीलाई १४ अंकको अग्रता


  • बिहिबार, फाल्गुन २७ २०७७
12K
SHARES

फाइल तस्बिर

२७ फागुन, काठमाडौं । लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा १४ अंकको अग्रता कायम गरेको छ ।

बुधबार राति भएको खेलमा साउथह्याम्पटनलाई ५-२ ले पराजित गर्दै सिटीले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि अंङ्कदूरी पराकिलो बनाएको हो ।घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएना र रियाद महरेजले दुई दुई गोल गरे । यस्तै इल्के गुन्डोगानले एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्ड र चे एडम्सले एक एक गोल फर्काए ।

खेलको १५औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा जेम्स वार्डले साउथह्याम्पटनका लागि पेनाल्टीमा बराबरीमा गोल गरे ।

४० औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा गुन्डोगानले गोल गरेपछि सिटीले ३-१ को अग्रता बनायो ।

५५ औं मिनेटमा महारेजले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ४-१ को अग्रता बनायो । त्यसको एक मिनेटपछि साउथह्याम्पटनका एडम्सले गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याए।

५९औं मिनेटमा ब्रुएनाले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ५-२ अग्रता बनाउँदै सहज जित हात पारेको थियो ।

जितपछि सिटी २९ खेलबाट ६८ अंक जोडेको छ ।

२८ खेलबाट ३३ अंक रहेको साउथह्याम्पटन १४ औं स्थानमा रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा