शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मुलुक शान्तिपूर्ण युगमा प्रवेश ; प्रधानमन्त्री


  • बुधबार, फाल्गुन २६ २०७७
12.5K
SHARES

फईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिपूर्ण युगमा प्रवेश गराएको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को २० औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले स्वतन्त्र मधेस अभियान चलाइरहेका सिके राउत र हिंसात्मक गतिविधिमा लागेका विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा ल्याएर मुलुकमा शान्ति स्थापना गरेको बताएका हुन् ।

पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई शान्तिपूर्ण बाटोमा ल्याएर राष्ट्रिय एकताको बाटोमा अघि बढाएका छौं’, उनले भने, ‘आन्तरिक हिंसा पनि टुंगिएको छ, बेठिक बाटो छाडेर शान्तिपूर्ण बाटोमा फर्किने मौका दिएका छौं ।’

अर्को प्रसंगमा ओलीले नेपाली सेनाको प्रशंसा गरे । उनले भने, ‘सेनालाई अनावश्यक विवादमा तान्न खोज्ने वा अपमान गर्ने, प्रोभोक गर्न खोज्ने, अझ घिसारेर विवादमा ल्याउन खोज्ने प्रवृत्ति देखिन्छ । अनुत्तरदायी ढंगले सेनालाई हिलो छ्याप्नु हुँदैन ।’

कानुनको उल्लंघन गरेको भए त्यसलाई हेर्ने निकाय रहेको उल्लेख गर्दै ओली अगाडि भने, ‘वाद प्रतिवादमा नउत्रिने संस्थालाई विवादमा ल्याउनु हुँदैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा