काठमाडौंको कलंकीबाट ३४ हजार ५ सय ५० रूपैयाँसहित दुई महिला पाकेटमार पक्राउ गरेका छन् ।
गोंगबु–११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौं मनमैजु बस्ने २३ वर्षीय सिर्जना उप्रेती पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई पकेट मार्दै गर्र्दा महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काको नेतृत्वले नियन्त्रणमा लिएको हो ।
लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चोरी, पकेट मार्ने तथा ठग्ने काममा संलग्न भएको प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।