सर्बोच्च अदालतको फैसला आएसंगै,ओली तानाशाही भए भन्दै संघर्ष गर्ने पुर्ब प्रधानमन्त्री झलनाथ खनालको बोली फेरिएको छ ।
सत्तारूढ नेकपा एमालेका नेता झलनाथ खनालले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन्।
बुधबार संसद बैठकबाट बाहिरिँदै खनालले भने,‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं।’
सर्वोच्च अदालतले नेकपा एकीकरण खारेज गरेर साविकको एमाले र माओवादी कायम गरे संगै झलनाथ खनालले आज यस्तो प्रतिक्रीया जनाएका हुन । यसअधि माधब प्रचण्ड समुह बनायर, केपी ओली सरकारको बिरोध गर्दै आएका झलनाथको यो सरकार बचाईराख्ने अभिब्यक्ती संभबत पहिलो हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।