बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

गच्छदारले बुझेनन् ललिता निवासको म्याद


  • बुधबार, फाल्गुन २६ २०७७
14.5K
SHARES

फाईल तस्बिर

बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्नताको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले अदालतले पठाएको म्याद बुझ्न आनाकानी गरेका छन् ।

सुनसरी जिल्ला अदालतले स्थायी ठेगानामा पठाएको म्याद तामेल गर्न गच्छदारले अस्वीकार गरेको अदालत स्रोतले जानकारी दिएको छ ।
विशेष अदालतले २० फागुन २०७६ मा जिल्ला अदालत सुनसरीमा म्याद पठाएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । उनी भन्छन्, ‘सामान्यतया ६ महिना भित्र मुद्दाको फैसला हुनुपर्नेमा एक वर्षमा पनि उहाँले म्याद बुझ्नु भएको छैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारसँग आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अख्तियारले प्रतिवादी बनाएका पूर्वमन्त्री डम्बर श्रेष्ठलाई विशेष अदालतले ५ लाख धरौटीमा छोडेको छ । त्यस्तै, अर्का पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् ।

ललिता निवास प्रकरणका प्रतिवादीहरू मध्ये पूर्वसचिव दीप बस्न्यातलाई अदालतले थुनामा पठाएको छ । पूर्वसचिवद्वय दिनेशहरी अधिकारी र छविराज पन्त भने पाँच/पाँच लाख धरौटीमा छुटेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा