युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज राति दुई खेल हुँदैछन् । अन्तिम १६ को दोस्रो लेगअन्तर्गत आज चार टोलीहरू प्रतिस्पर्धामा छन् । दुवै खेल नेपाली समयानुसार राति १ः४५ बजे हुनेछन् ।
आज स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च लिग वान च्याम्पियन पिएसजीको सामना गर्दैछ । पिएसजीको मैदानमा हुने यो खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै क्वार्टरफाइनल पुग्ने दाउमा हुनेछन् ।
पहिलो लेगको खेलमा ४–१ गोलको जित निकालेका कारण यस खेलमा बार्सिलोना दबाबमा छ । पिएसजीले बार्सिलोनालाई उसैको मैदान क्याप नोउमा लज्जास्पद हार दिलाएको थियो ।
यस्तै अर्को खेलमा इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले जर्मन क्लब आरबी लेइपिजसँग खेल्दैछ । लिभरपुलको मैदान एन्फिल्डमा हुने यस खेलमा घरेलु टोली बलियो स्थितिमा छ । पहिलो लेगमा लिभरपुले लेइपिजलाई उसैको मैदानमा २–० गोलले हराएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।