शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

जोआचिम लोले युरोकपपछि जर्मनीको प्रशिक्षण छाड्ने


  • बुधबार, फाल्गुन २६ २०७७
11.4K
SHARES

फाइल तस्बिर

एजेन्सी । युरो कप फुटबल प्रतियोगितापछि जर्मन प्रशिक्षक जोआचिम लोले राष्ट्रिय टोली छाड्ने भएका छन् । जोआचिम लोले २०२१ को युरोपेली च्याम्पियनसिप सकिएसँगै आफ्नो कार्यकाल अन्त्य गर्नेछन् जर्मन फुटबल संघको आधिकारिक वेवसाइटमा उल्लेख छ ।

२०२२ को विश्वकपसम्मका लागि लोको कार्यकाल बाँकी थियो । तर, जर्मनी फुटबल संघकाअनुसार लो आफैंले युरो च्याम्पियनपछि प्रशिक्षण छाड्ने प्रस्ताव राखेका हुन् । यस प्रस्तावमा फुटबल संघले सहमति दिएको छ । गत वर्ष जुन १२ देखि जुलाई १२ सम्मका लागि तय भएको युरो २०२० को मिति कोरोना भाइरसका कारण एक वर्षपछि सरेको हो । यो प्रतियोगिता यस वर्ष जुन ११ देखि जुलाई ११ सम्म हुनेछ ।

लोले विगत १७ वर्षसम्म जर्मन टोलीलाई प्रशिक्षण दिँदा आफु निकै गर्वित बनेको बताएका छन् ।लोले आफ्नो कार्यकालमा २०१४ मा जर्मनीलाई विश्वकप फुटबलको उपाधि जिताएका थिए । ब्राजिलमा भएको त्यस विश्वकपको फाइनलमा जर्मनीले अर्जेन्टिनालाई १–० ले हराएको थियो । जर्मन फुटबल संघका अध्यक्ष फ्रिट्ज केल्लरले भने, म जोआचिम लोको निर्णयलाई सम्मान गर्छु । उनी विश्वका महान प्रशिक्षकमध्ये एक हुन् ।

जोआचिम लोले छाडेपछि जर्मनीको यु २१ टोलीका प्रशिक्षक स्टेफान कुन्चले प्रशिक्षण पद सम्हाल्नसक्ने अनुमान लगाइएको छ । त्यस्तै लिभरपुलका जर्मन प्रशिक्षक योर्गान क्लोप तथा आरबी लेइपजिगका जुलियन नागेल्सम्यानलाई पनि संभावित प्रशिक्षकका रुपमा हेरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा