२६ फागुन, जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सेपानिस क्लब सेभियासँग २-२ गोलको बराबरी खेले पनि समग्रमा ५-४ को जितसहित डर्टमण्ड अन्तिम आठमा प्रवेश गरेको हो ।
दोस्रो लेगमा एर्लिन हालान्डले डर्टमण्डका लागि २ गोल गरे । यस्तै सेभियाका लागि युसुफ एन नेसरीले २ गोल गरे ।
खेलको ३५औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
तर डर्टमण्डले दुई गोलको अग्रता बनाए पनि सेभियाले पुनरागमन गर्दै दुई गोल नै फर्कायो । ६९औं मिनेटमा युसुफ एन नेसरीले पेनाल्टीमा गोल गरे । इन्जुरी टाइमा युसुफले व्यक्तिगत दोस्रो गोल गरेपछि सेभियाले खेल २-२ को बराबरीमा सकायो ।
तर पहिलो लेगमा जित हात पारेको आधारमा डर्टमण्ड अघिल्लो चरणमा पुग्दा सेभिया भने अन्तिम १६ बाटै बाहिरियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।