नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेटेपछि प्रचण्ड बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका थिए ।
मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गराएका प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।