सास गन्हाउने समस्याले धेरै जसोलाई पिरोलेको हुन्छ । भेटघाट, बैठक, कुराकानी आदिमा आफ्नो सास गन्हाउने डरले कतिपय मानिसहरु टाढैबाट बोल्ने गरेका हुन्छन् । तर समाधानको उपाय खासै खोजी गरेको पाइदैन ।
तपाईँलाई मुखको दुर्गन्ध हटाउने तथा सास ताजा राख्ने घरेलु उपाय सिकाउछौँ । मुख दुर्घन्धित हुनु र सास गन्हाउने कारण मुखमा हुने ब्याक्टेरिया हो । सास गन्हाउने समस्याबाट मुक्ति पाउनका लागि निम्न उपाय गर्न सक्छौँ
१ खानामा रेसादार/फाइबरयुक्त सब्जीहरु समाबेश गर्नुस् ।
२ एक कप पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर मुख कुल्ला गर्नुस्, यसले मुखको अम्लियपना कम गरी सास गनाउने समस्या कम गर्छ ।
३ बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ ।
४ तातो पानीमा नून मिसाएर कुल्ला गर्नुस् ।
५ जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ ।
६ हरेक दिन खाना खाएपछि तुलसीको पातवा अलैची चबाउने गर्नुस् ।
७ पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासलाई ताजा राख्छ ।
८ प्रसस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस् यसले पाचन प्रणालीलाई सफा राखी सास गनाउने समस्या हुन दिदैन ।
९ बिहानर बेलुका खाना खाइसकेपछि दुईपटक दाँत माझ्ने बानी गर्नुस् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।