बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

केपी ओलीलाई निष्कासित गर्ने अपराधीहरूको मुहार झलझली सम्झना आइरहेको छ : सूर्य थापा


  • मंगलबार, फाल्गुन २५ २०७७
16.2K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड-माधव समूहबाट ओली नेतृत्वको एमालेमा आउनेहरुलाई अपराधीको संज्ञा दिएका छन्।

प्रचण्ड-माधव समूहबाट ओली अध्यक्ष रहेको एमालेमा नै फर्किने निर्णय गरेका माधवकुमार नेपाल‚ झलनाथ खनालहरुलाई लक्षित गर्दै थापाले अपराधी भनी आरोप लगाएका छन्। उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई पार्टीको सदस्यबाट समेत निष्कासित गर्नेहरु अपराधी भएको दाबी गरेका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्‚ ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निष्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा