बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

ज्येष्ठ नागरिकको भत्ता पाइने उमेर भएछ– प्रधानमन्त्री ओली


  • सोमबार, फाल्गुन २४ २०७७
15.9K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ज्येष्ठ नागरिक भत्ता पाउने उमेरको भएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले ज्येष्ठ नागरिकलाई लगाउने कोरोनाविरुद्धको पहिलो खोप आफूबाट लगाउन सुरु भएपछि ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर भएको थाहा पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,पेन्सन सेन्सर जागिर केही छैन, सांसदबाट छुट्टी पाइयो भने ज्येष्ठ नागरिक भत्ता पाइने उमेर भएछ भन्ने थाहा भयो ।

उहाँले ज्येष्ठ नागरिक भएर कोरोनाविरुद्धको खोप लगाउनु रमाइलो कुरा नभएको बताउनुभयो । हिजो मैले ज्येष्ठ नागरिकहरुले लगाउने खोपको सुरुवात गरेँ, मन अलि चिसो हुने कुरा हो,उहाँले भन्नुभयो,ज्येष्ठ नागरिक भएर पहिलो खोप लगाउनु भनेको रमाइलो कुरा होइन, तर पनि मैले खोप लगाएर सुरु गरेँ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा