बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

प्रधानमन्त्री ओलीले टार्गेट त मलाई बनाएको देखियो : माधब नेपाल


  • सोमबार, फाल्गुन २४ २०७७
10.3K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी ओलीले आफूलाई निशाना बनाएको पूर्वप्रधानमन्त्री मावधकुमार  नेपालले बताएका छन् ।

टार्गेट त मलाई बनाएको देखियो हेर्नुस्, केपी ओलीलाई पनि बनाएको देखिएन, प्रचण्डलाई पनि बनाएको देखिएन’, नेपालले भनेका छन् ।

उनले सर्वोच्चको फैसलाले के–के असर पर्छ आकलन गर्न सकिने अवस्थै नरहेको बताएका छन् । ‘हिजो राष्ट्रियसभाबाट जितेकाहरू एमाले पनि होइनन्’, उनले भने, ‘वेदुराम भुसालजी कुन पार्टीको त अब ? प्रतिनिधिसभामा विजयी विद्या भट्टराई कुन पार्टीको ?’

उप–निर्वाचनबाट स्थानीय तहमा आएकाहरू कुन पार्टीको होभन्दै नेता नेपालले समस्या त खडा भएको बताएका छन् ।

मैसँग यत्रो रिसइबी साध्ने स्थिति कसरी भयो न्यायाधीशहरूलाई ? कसरी आयो त्यो स्थिति ?’, उनले प्रश्न गरेका छन् ।

नेपालले यो अवस्था आउँछ भनेर आफूले कहिल्यै नसोँचेको बताएका छन् ।

नेकपा (एमाले)को बैठकमा जानेबारेमा साथीहरूसँग सरसल्लाह गरेर अगाडि बढ्ने उनले बताएका छन् । ‘हामी पहिले बस्छौं’, नेपालले भने, ‘त्यसपछि के गर्ने र कसरी अगाडि बढ्ने भन्नेमा निर्णय हुन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा