बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

सेना–प्रहरीका श्रीमती संघहरुले महारानीको खोल ओढेर दासी बनाउने संस्कार सुरु गरे : पम्फा भुसाल


  • सोमबार, फाल्गुन २४ २०७७
13.7K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले सुरक्षा निकायमा रहेको श्रीमती संघहरुले महारानीको खोल ओढेर दासी बनाउने संस्कार सुरु  गरेको भन्दै कडा टिप्पणी गरेकी छन ।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा नेतृ भुसालले निजामती कर्मचारीतर्फ मुख्यसचिव, सशस्त्र प्रहरी र नेपाल प्रहरीको आइजीपी बन्ने हैसियत भएका महिलाले दासी बनाउनका लागि श्रीमती संघ खोलेको बताइन् ।

उनले यस्ता संघसंस्थाबाट महिलाको अधिकार प्राप्त नहुने जिकिर गरिन् ।

उनले प्रधानमन्त्रीको श्रीमतीलाई प्रथम महिला (फस्र्ट लेडी) भन्नु पनि गणतन्त्रको उपहास रहेको बताइन् । उनले भनिन्,  देशको प्रमुख अहिले विद्यादेवी भण्डारी हुन्, उनी प्रथम महिला (फस्र्ट लेडी) हुन् तर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्नी श्रीमतीलाई प्रथम महिलाको रुपमा उभ्याउने गरेका छन् ।

नेतृ भुसालले यस्तो कार्य राजा महाराजाको पालमा हुने गरेको र अहिले गणतन्त्रमा आएर पनि त्यस्तै गरिरहेको बताइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा