आज अन्तर्राष्ट्रिय नारी दिवस, महिलाहरुको जागरुकताको लागि बिस्वभर बिभिन्न कार्यक्रम गरि मनाईदैछ ।
Choose to Challenge अर्थात् ‘चुनौती छान या चुनौती स्वीकार गर’ भन्ने नाराका साथ बिस्वभर यसपालीको नारी दिवस मनाईदै छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो ।
नेपालमा यो वर्ष पनि निर्मलाले न्याय पाइनन् । बरु भागरथीको अर्को काण्ड घट्यो । सुनिएका र मौन अन्य अनेकन घटना दोहोरिने र तेहरिने क्रम जारी छ । कोभिड–१९ पछिको लकडाउनमा विकसित देशहरुदेखि विकासोन्मुख देशहरु दुबैमा नारीमाथि हिंसा र अपमान अत्यधिक बढेको पाइएको थियो । उता बढ्दो ‘डिजिटल’ थलोहरुमा पनि नारीविरुद्ध ‘साइबर क्राइम’को अर्को लर्को थपिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।