बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

प्रधानमन्त्री ओलीले भने : फैसला स्वागतयोग्य


  • आइतबार, फाल्गुन २३ २०७७
15.1K
SHARES

फईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नामसम्बन्धी रिटमा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद भवन, वानेश्वर पुगेका प्रधानमन्त्री ओलीले भवनबाट बाहिर निस्किँदै सञ्चारर्मीहरूको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य रहेको बताए । उनले अबको कदमबारे फैसलाको पूर्णपाठ हेरेर निर्णय गर्ने बताए ।

प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठक शुरू नहुँदै किन बाहिरए भन्ने प्रष्ट भएको छैन । उनी गम्भीर मुद्रामा देखिन्थे । चार बजे शुरू हुने भनिएको बैठक पौने पाँच बजेसम्म पनि शुरू भएको छैन ।

अदालतको फैसलाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) एककीकरण अघिको अवस्थामा पुगेको छ । सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राजनीतिक दलसम्बन्धी ऐन विपरीत तथा नियम विपरीत दर्ता भएको ठहर गरेपछि यस्तो अवस्था उत्पन्न भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा