नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको नेता परिर्वतन भएको जानकारी संसद सचिवालयलाई दिएको छ ।
शुक्रबार ११५ सांसदको उपस्थितिमा बैठक बसेर पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको यो समूहको दावी छ ।
त्यही जानकारी दिन प्रचण्डसँगै अर्का अध्यक्ष माधवकुमार नेपालसहितका सांसदहरुले संसदका महासचिव भरतराज गौतमलाई भेटेका छन् ।
प्रचण्ड-नेपाल समूहका दुबै अध्यक्षहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आफू पक्षीय सांसदसहित सभामुख सापकोटाको कार्यकक्षमा गएर समेत निर्णयबारे जानकारी गराएका छन्। उनीहरूले बहुमत सांसदहरूको निर्णय गरेको भन्दै हस्ताक्षर पनि बुझाएका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।