शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अमेरिकामा कोरोनाका मृतक ५ लाख ३७ हजारभन्दा धेरै


  • आइतबार, फाल्गुन २३ २०७७
10.4K
SHARES

फाईल तस्बिर

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख ३७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५१५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ३७ हजार ११९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५८ हजार २२८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९६ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड २ लाख ७३ हजार ९१५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८८ लाख ४२ हजार ८५७ जनामध्ये १३ हजार ४०५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा