बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

नेकपा नामको विवादमा सर्वोच्च अदालतले आज फैसला दिँदै


  • आइतबार, फाल्गुन २३ २०७७
12.6K
SHARES

फाईल तस्बिर

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘नाम’ का विरूद्ध परेको रिटको आज फैसला सुनाउने भएको छ ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोके पनि अदालत बिदा भएपछि फैसला आएको थिएन ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर तीन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि उक्त नाममा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाले विवाद गरेको थियो ।

आफ्नो पार्टीको नाममा अर्को पक्षलाई बैधता दिएको भन्दै निर्वाचन आयोग र सत्तारूढ नेकपाविरूद्ध कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

२०७५ मंसिर २१ गते दायर भएको यो रिटमा सर्वोच्चले २०७५ मंसिर २५ गते कारण देखाउ आदेश दिएको थियो । त्यसयता पटकपटक पेशी तोकिए पनि अन्तिम समयमा स्थगित हुँदै आएको मुद्दामा सर्वोच्च अदालतले लामो प्रतीक्षापछि फैसला दिन लागेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा