शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

मेस्सी र रोनाल्डो भित्र्याउने बेकह्यामको आकांक्षा


  • मंगलबार, फाल्गुन १८ २०७७
9.3K
SHARES

तस्बिर फाएल

एजेन्सी – इंग्लिस स्टार डेविड बेकह्यामको इन्टर मायमीले अमेरिकाको मेजर लिग सकर एमएलएस मा दोस्रो सिजन खेल्दैछ । उनको टोलीले फुटबलका केहि ठूला नामलाई भित्राइसकेका छ ।

जसमा गोन्जालो हिगुआइन, ब्लेसी मातुडइी उदाहरण हुन् । इङ्ल्यान्डका पूर्व कप्तान बेकहम भविष्यमा अझै ठूला स्टारलाई भित्राएर बलियो टोली बनाउन चाहन्छन् ।

हामीले यहाँ ठूला खेलाडी ल्याउनु भनेको टोलीलाई अझै शसक्त र मजबुत बाउनु हो क्लबको नयाँ किट सर्वाजनिक गरेपछि उनले भने, हामी समर्थक फुटबल ठूला स्टारलाई क्लबमा हेर्न चाहन्छन् ।

उनले आफूहरुँग भएका स्टारका बारेमा भने हामीसँग गोन्जालो र मातुइडी छन् । जसले गर्दा टोलीको रौनक बढाएको छ । हामी भविष्यमा अझै ठूला नाम जोड्न चाहन्छौं ।

बेकहमले बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोका विषयमा पनि बोले । पक्कै हामी सधै उत्कृष्ट खेलाडी भित्राउन चाहन्छौं । मेस्सी र रोनाल्डोजस्ता ठूला नामलाई भित्राउन हामी जहिले पनि तयार छौं । उनीहरुलाई भित्राउन हाम्रो आकांक्षा हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा