शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मिर्गौलामा संक्रमणको सामान्य लक्षण


  • सोमबार, फाल्गुन १७ २०७७
23.6K
SHARES

फाईल तस्बिर

मिर्गौलाको समस्या दिनप्रतिदिन बढ्दो छ । यस्तोमा हाम्रो शरीरले पनि हाम्रो मिर्गौलामा संक्रमण छ भनेर केही स्पष्ट संकेत दिन्छ ।

 

पिठ्युँमा दुखाई

मिर्गौला सुन्निने र संक्रमणको कारण पिठ्युँको दुखाई हुन सक्छ । लामो समयसम्म पिठ्युँमा दुखाई भएमा यसले किड्नीमा गम्भिर इन्फेक्सनको संकेत दिन्छ ।

बारम्बार पिसाब आउने

यदि धेरै तरल पदार्थहरुको सेवन नगरेको अवस्थामा पनि तपाईंलाई बारम्बार पिसाब फेर्न जानुपर्छ भने यो मिर्गौलामा संक्रमणको स्पष्ट संकेत होपिसाबमा रगत आइरहेको छ भने यो मिर्गौलामा संक्रमणको लक्षण हुन सक्छ  । यो किड्नी सुन्निने कारण पनि हुन सक्छ ।

पिसाब फेर्दा दुखाई

पिसाब फेर्दा पोल्ने र दुखाई महसुस हुनु पनि मिर्गौला संक्रमणको संकेत हुन सक्छ । मानिसहरु अक्सर यसलाई बेवास्ता गर्छन् तर तपाईले तुरुन्त डाक्टरसँग भेट्नुपर्छ ।

पिसाब गर्दाको समयमा गन्ध

अचानक पिसाबबाट अजीव गन्ध आएको जस्तो तपाईंलाई लाग्यो भने यसलाई नदेखेको जस्तो नगर्नुहोस् । यो मिर्गौलामा इन्फेक्सनको कारण हुन सक्छ यस्तो भएमा डाक्टरसँग तुरुन्त भेट्नुपर्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा