सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको जिकिर गरेका छन् ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले दिएको फैसलामा बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने उल्लेख भएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने बताएका हुन् ।
सर्वोच्चको फैसलापछि आफूहरु पनि के गर्ने हो भन्ने अन्योलमा परेको भन्दै गुरुङले फैसला पुरै हेर्दा प्रधानमन्त्रीलाई राजीनामा गर्नु हुँदैन भनेको दावी गरे । सम्मानित सर्वोच्च अदालतको उत्प्रेषण परमादेशले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिनबाट रोकेको छ, बहुमतप्राप्त प्रधानमन्त्रीले राज्य सञ्चालन गर्नु संवैधानिक नैतिकताको विषय भएको फैसला गरेको छ’ उनले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।