१४ चैत्र, काठमाडौँ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्वर ५, जोरपाटीमा रहेको विद्या सागर इङिलस बोर्डिङ्ग स्कुलले ‘अभिभावक अभिमुखीकरण, सम्मान तथा एसईई विदाई कार्यक्रम’ सम्पन्न गरेको छ ।
चैत्र ९ गते शनिबार जोरपाटीमा रहेको पिस बैँकेटमा अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थितिमा ‘अभिभावक अभिमुखीकरण, सम्मान तथा एसईई विदाई कार्यक्रम’ सम्पन्न गरेको हो ।
गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा प्याब्सन केन्द्रिय महासचिव कुमार घिमिरे, प्याब्सन गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष मदन सुवेदी, चर्चित उत्प्रेरक वक्ता बिके शर्मा, विभिन्न सामाजिक व्यक्ति, अभिभावक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको पहिलो खण्ड अन्तरर्गत चर्चित उत्प्रेरक वक्ता बिके शर्माले अभिभावकहरुलाई अभिमुख गरेका थिए । स्कुल, विद्यार्थी र अभिभावकको त्रिपक्ष सम्बन्ध कस्तो हुनुपर्छ ? भन्ने विषयमा करिब २ घण्टा लामो आफ्नो महत्वपुर्ण भनाइहरु राखेका थिए ।
उक्त अभिभावक अभिमुखीकरण कार्यक्रम पश्चात सम्मान तथा एसईई विदाई कार्यक्रम सुरु गरिएको थियो ।
प्रमुख अतिथि उपमेयर नेपालले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिइन् ।
प्रिन्सिपल सुनिता सिंह बुढाथोकीले आफ्नो स्वागत मन्तब्य मार्फत सम्पुर्णलाई स्वागत गरेकी थिइन् । वार्षिक रुपमा विद्यालयले पाएको उपलब्धि तथा विद्यालयको आगामी योजनाको बारेमा समेत बुढाथोकीले जानकारी गराएकी थिइन् ।
कार्यक्रममा विद्या सागरमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपमेयर शान्ति नेपाल, प्याब्सन महासचिव कुमार घिमिरे, प्याब्सन गोकर्णेश्वर नगरपालिका अध्यक्ष मदन सुवेदी, बाल गृह महासंघ नेपालको केन्द्रिय अध्यक्ष दुर्गा मैनाली, प्याब्सन केन्द्रिय सदस्य शोभा कुमारी श्रेष्ठ, प्याब्स काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।
यस्तै २०७४ सालको एसईईबाट ३.९५ जिपिए ल्याई गोकर्णेश्वर टप गर्न सफल विद्या सागरकी छात्रा यशस्वी कार्कीलाई नगद सहित सम्मान गरिएको थियो भने यशस्वीका अभिभावक हरि कार्की र उर्मिला कार्की लाई समेत ‘उत्कृष्ट अभिभावक’ बाट सम्मान गरिएको थियो ।
यस्तै २०७४ सालको एसईईमा उतिर्ण सम्पुर्ण विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गर्दै विदाई गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं उपमेयर नेपालले एसईईमा उतिर्ण विद्यार्थीहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्दै विद्यालयको उत्तरोत्तर प्रगतीको कामना समेत व्यक्त गरेकी थिइन् ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले विद्या सागर इङिलस बोर्डिङ्ग स्कुलकी संस्थापक प्रिन्सिपल सुनिता सिंह बुढाथोकी, अभिभावक हरि कार्की र बोर्ड सदस्य मोहन पोखरेलसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।