सिरिज,सिरियल तथा वेव सिरिजको माग बढ्दो क्रम लाई मध्यनजर गर्दै । नायक रबि कार्किले मेरो अदालत नामक नयाँ सिरिजको थिम पोष्टर सार्वजनिक गरेका छन ।
देशमा घटिरहेका बिबिध घटनाहरु र ति घटनाका अधिकांश पिडितले न्याय नपाइरहेको पछिल्लो अवस्थामा यो सिरिजमा केहि सत्य र केहि काल्पनीक घटना बाट प्रभाबित भएर सिरिज तयार गरिने निर्माण पक्षको भनाई छ।
यस सिरिजलाइ रामेश कुमार राइले निर्देशन गर्ने छन्। निर्देशक राइ यतिबेला भोजपुरी फिल्म जंगबाज को लागी भारतमा रहेको स्रोत बताउछ।
गत शनिबार नायक एबं यस सिरिजका कथाकार रबि कार्कि तथा निर्माताद्धय सुर्य सिजि र पर्वत राइले सिरिजको थिम पोष्टर सार्वजनिक गर्दै केहि दिनमानै छायांकनमा जाने बताइएका छन्। पोष्टरमा एक युवाले हातमा लालटिन बोकेर न्याय खोजेको देखिन्छ भने न्यायमुर्तिको अनुहारमा रातो पोतिएको देखाइएको छ।
रि एण्ड कि फिल्मस् को व्यानरमा निर्माण हुने यस सिरिजकि सहनिर्माता हुन् मालती कार्कि। यस सिरिजका कलाकारहरु भने केहि दिनमै अडिसन मार्फत छनौट हुने र राष्ट्रिय स्तरको प्रतिष्ठीत टेलिभिजन बाट प्रसारण हुने निर्माण पक्षले बताएको छ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।