सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बाुलवाटारमा सोमबार बसेको बैठकले संसद बैठक बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्नेछ ।
बैठकको मितिबारे यसअघि पनि मन्त्रिपरिषदमा छलफल भएपनि आजको बैठकले २३ गते अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाउन सिफारिस गर्ने औपचारिक निर्णय गरेको हो ।
यो निर्णयपछि मात्र सरकारले राष्ट्रपतिलाई पत्राचार गर्नेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।