ह्वाइटहाउस छोडेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने घोषणा गरेका छन् ।
कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) कार्यक्रमलाई फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले सो कुरा बताएका हुन् ।
ट्रम्पले नयाँ पार्टी खोल्ने अड्कलबाजी भइरहेको बेला उनले त्यसलाई गलत खबर भनेको बीबीसीले जनाएको छ । उनले भनेका छन्, ‘नयाँ पार्टी बनाउँदा हाम्रो भोट बाँडिन्छ र हामीले कहिल्यै जित्न सक्दैनौं ।’
कार्यक्रममा उनले अमेरिकी नयाँ राष्ट्रपति जो बाइडनको पनि आलोचना गरे । बाइडन आएपछि ‘अमेरिका फर्स्ट’को नीति ‘अमेरिका लास्ट’मा पुगेको ट्रम्पले बताए ।
सीपीएसी कन्फ्रेन्स हरेक वर्ष हुने गर्दछ, जसमा अमेरिकाभरका रुढिवादी नेताहरुले भाग लिने गर्दछन् । फ्लोरिडामा आयोजित पछिल्लो कन्फ्रेन्सलाई टेक्सासबाट सिनेटर चुनिएका टेड क्रूज, ट्रम्पको छोरा ट्रम्प जुनियरले पनि सम्बोधन गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।