बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

प्रचण्ड–माधव नेपाली जनताका लागि पिलो भन्दा बढी टनटन्नाउने : प्रधानमन्त्री


  • आइतबार, फाल्गुन १६ २०७७
11.1K
SHARES

फाईल तस्बिर

आइतबार गृहजिल्ला झापामा औद्योगिक पार्कको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधवलाई नेपाली जनताका लागि पिलो भन्दा बढी टनटन्नाउने गरेको टिप्पणी गरेका छन ।

‘शान्ति, एकता देख्न नसक्ने । बल्ल बल्ल एकता गरियो । त्यही पनि फुटाएर हिँड्ने । पद, पैसा, परिवार । जहिले पनि मलाई चाहियो’, ओलीले प्रचण्ड माधवप्रति कटाक्ष गर्दै भने, ‘लड्डु खाँदै गर्दा हेलो …आँपको सहयोगको बहुतबहुत धन्यवाद ! कसलाई हो थाहा छैन, सुनियो त्यस्तो । एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल, यी दुई मिस्टरहरुले देशलाई बर्बाद पार्न लागेका छन् ।’
उनले प्रचण्ड र माधव नेपालले देशलाई बर्बाद पार्न लागेको आरोप लगाउँदै आफू पनि यही देशमा रहेको नबिर्सन चेतावनी दिए ।

तर हामी छौँ यो देशमा, लड्डु खानेहरुलाई म भन्छु–हामी यहीँ छौँ भन्ने नबिर्स’, उनले भने । ओलीले आफूले गल्ती नगरेपनि मुद्दा हार्दै जाने गरेको दावी गरे ।
‘मुद्दा जिताएर मलाई कसैले प्रधानमन्त्री बनाएको होइन । जबसम्म नेपाली जनता साथमा हुन्छन्, जनताको आशीर्वाद रहन्छ । तबसम्म मुद्दा त के भो ? प्रतिनिधि सभा पुनःस्थापना भयो, के देख्नुभयो भन्दा चितवनको प्लेन चढेर काठमाडौँ आए’, प्रधानमन्त्री ओलीले केही दिनअघि सर्वोच्चको फैसलापछि प्रचण्ड र माधव नेपाल सभा छोडेर काठमाडौँ फर्किएकोमा व्यङ्ग्य गर्न समेत भ्याए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा