शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोमल ओली पिंडुला देखाएर सांसद बनेकी हुन : रघुजी पन्त


  • आइतबार, फाल्गुन १६ २०७७
16.6K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल पक्षका नेता रघुजी पन्तले एका कार्यक्रममा पार्टी भित्र भएका असल नेतृहरुले मौका नपाए पनि अंग प्रदर्शन गर्दै हिडेकी गायिका ओलीले सांसदसहितका अन्य पद पाएको भन्दै आलोचना गरेका छन।

केही दिनअघि काठमाडौंमा भएको एक कार्यक्रममा प्रचण्ड नेपाल–पक्षका नेता पन्तले प्रधानमन्त्री केपी ओलीको विरोध गर्ने क्रममा मन्तव्य दिँदा कोमल वलीको प्रसंग ल्याएका थिए । उनले पार्टीमा लामो समयदेखि काम गर्ने महिला नेतृत्व तहमा जान नसकेको तर कोमल वलीले कम्युनिष्ट विचार दर्शन बिना सिधै केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस पद पाएको भन्दै टिप्पणी गरेका थिए ।

नेता पन्तले भनेका थिए, ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन् । केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकटपनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडाको पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद् त तिनै भइन् ।

कपाल फुलेर चाउरी परेका बुढी कामरेडहरू न एकपटक राष्ट्रिय सभाको सदस्य हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्यपनि हुन पाइन्, केन्द्रीय कमिटीको सदस्यपनि हुन पाइन् । हामी कम्युनिष्टहरुको गीत उठ जाग संसारका भोका नांगाहरु, केपी ओलीको गीत पोइल जान पाम । भिन्नता भनेको यो हो । संस्कृतिको भिन्नता यो हो । पार्टीको केन्द्रीय कमिटी सदस्य भनेको चानचुने कुरा हो ? सैद्धान्तिक रुपले, वैचारिक रुपले दार्शनिक रुपले प्रष्ट भएको मान्छेले पो केन्द्रीय कमिटीमा आउने । जसले विचारले नेतृत्व गर्नसक्छ, नीति निर्माणमा सहयोग गर्न सक्छ । ओलीको केन्द्रीय कमिटी भनेको त ठट्टा जस्तो भयो ।’

पन्तको यो भनाइपछि अहिले केही महिला अधिकारकर्मी तथा वली पक्ष नेकपाका महिला नेतृहरुले उनको विरोध गरिरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा