बृहत् नागरिक आन्दोलनले काठमाडौँमा अतिक्रमण भइरहेका पुरातात्विक सम्पदा जोगाउन दबावस्वरुप काठमाडौं महानगरको कार्यालय घेराउ गरेको छ ।
उनीहरूले ऐतिहासिक कमलपोखरीमा कंक्रिट प्रयोग गरेको भन्दै लगातार विरोध गर्दै आएका छन् । साथै सम्पदा अभिलेखहरुमा मातृभाषा प्रयोग गर्न पाउनुपर्नेलगायत माग गरेका छन् । यसका साथै बालाजु बाइपास क्षेत्रमा विकासका नाउँमा भएको अतिक्रमण र स्थानीयहरुको उठिबास लगाएको भन्दै विरोध गरेका छन ।
‘नागरिकलाई सडकछाप बनाउने कस्तो नीति, कस्तो सरकार ? ‘सम्पदा मास्ने भूत भगाऔं, कमल पोखरी जोगाऔं’, हाम्राे स्वबासी घरजग्गा, हाम्राे अधिकार’ लगायत नारा अंकित प्लेकार्ड र ब्यानर बोकेका थिए । साथै धुपाैराे समेत लिएर ‘भूत’ भगाउने विधि दर्शाएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।