नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको बताएका छन् ।
पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका मन्त्री साहले मधेशी दल नेतृत्वको प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भएको बताउँदै उनीहरुको कारण दुनियामा मधेसको इमेज नै खराब भएको बताए ।
प्रदेश २ सरकारले संघीय सरकारको जनता आवास कार्यक्रम मार्फ़त गरिब दलितको आवासको लागि बर्सेनि आउने गरेको करिब डेढ अर्ब रकम दुरुपयोग भएको भन्दै मन्त्री साह आक्रोशित बने । प्रदेश सरकार गठन भएको तीन वर्ष बितिसक्दा समेत हेर्न लायक एउटा पनि काम नभएको मन्त्री साहले बताए ।
“संघीय सरकारले जनता आवास कार्यक्रममार्फत वर्षको करिब डेढ अर्व रकम पठाउने गरेको छ । तर प्रदेश सरकारले वर्षेनी उक्त रकमको दुरुपयोग गर्दै आएको छ ।” मन्त्री साहले भने, “गरिब दलितको घर बनाउनको लागि सरकारले प्रदेशमा पठाएको रकम खर्च नगरेर गरिबलाई झन दु:ख दिन खोज्ने प्रदेश सरकारको हर्कत आपत्तिजनक छ ।”
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।