एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई अमेरिकाले प्रयोगमा अनुमति दिएको छ ।
जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको विशेषता भनेको यो आम मानिसले प्रयोग गर्ने फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिन्छ र एक डोजमात्रै लगाए पुग्छ ।
यो खोपलाई अनुमति दिने अमेरिका विश्वको पहिलो देश हो । यसअघि अमेरिकाले फाइजर र मोडर्ना खोपलाई पनि अनुमति दिइसकेको छ । फाइजर र मोडर्ना खोपलाई भण्डारण गर्न डिप पि|mज आवश्यक पर्छ भने दुई डोज लगाउनुपर्छ ।
त्यसैले जोन्सन एण्ड जोन्सन कम्पनीको खोप सस्तो हुने अनुमान गरिएको छ । यद्यपि यसको मूल्य सार्वजनिक भएको छैन । कम्पनीले जुन महिनाको अन्तिमतिर अमेरिकामा १० करोड डोज खोप उपलब्ध गराउने जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।