नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले केपी शर्मा ओली पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने अनुकूल वातावरण बन्ने उनको भनाइ छ ।
नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले भने, ‘प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा बस्नलायक हुनुहुन्न, सर्वोच्च अदालतले हराउँदा पनि पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बस्नु नैतिकता होइन ।’
विष्टले नेकपाको आधिकारिताको पुष्टि आफूहरुतिर रहेका बहुमत केन्द्रीय सदस्यहरुले गर्ने पनि बताए । पार्टी भनेको व्यक्ति नभएर बहुमत भएको बताउँदै उनले निर्वाचन आयोगले पनि त्यसैलाई हेरेर आधिकारिता प्रदान गर्ने र सूर्य चुनाव चिह्न आफूहरुले पाउने विश्वास व्यक्त गरे । विगतमा पनि निर्वाचन आयोगले बहुमतलाई नै आधिकारिता दिने गरेको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।