शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

लेवान्डोस्कीको गोल वर्षा जारी : मुलरको कीर्तिमानमा आँखा


  • आइतबार, फाल्गुन १६ २०७७
11.2K
SHARES

फाईल तस्बिर

रोबर्ट लेवान्डोस्की र सर्जी ग्नाब्रीले दुई–दुई गोल गरेपछि बायर्न म्युनिखले एफसी कोल्नलाई हराउँदै बुन्डेस लिगाको शीर्ष स्थानमा आफ्नो पकड मजबुत बनाएको छ । खेलमा म्याक्सिम चुओपो मोटिङले बायर्नलाई अग्रता दिलाएका थिए । त्यसपछि लियोन गोर्टेज्काको पासमा लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको शुरुवातमा इल्येस स्खीरीले विपक्षी टोलीका लागि एक गोल फर्काए पनि लेवान्डोस्कीले थोमस मुलरको पासमा गोल गर्दै टोलीलाई पुनः दुई गोलको अग्रता दिलाए ।

पोल्याण्डका स्ट्राइकरले यो सिजन बुन्डेस लिगामा २८ गोल गरिसकेका छन् । अरु खेलाडीभन्दा यो ९ गोलले बढी हो । ११ खेल बाँकी छँदा ३२ वर्षीय खेलाडीको आँखा अब गर्ड मुलरले बनाएको एकै सिजनमा सर्वाधिक गोलको कीर्तिमानमाथि रहेको छ । सन् १९७२ मा मुलरले एकै सिजन ४० गोल गरेका थिए । लेवान्डोस्की मुलरको यो कीर्तिमानबाट मात्र १२ गोल टाढा रहेका छन् ।

खेलको अन्तिम १० मिनेटमा ग्नाब्रीले  दुई गोल गर्दै टोलीलाई विशाल जीत दिलाए । जीतसँगै बायर्नले दोस्रो स्थानमा रहेको आरबी लेइपजीसँगको दुरी २ अंकको बनाएको छ । शनिबार नै लेइपजीगले २ गोलले पछि परेको स्थिति उल्टाउँदै बोरुसिया मोचेनग्लाडब्याचलाई ३–२ ले हरायो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा