शनिबार, साउन ९ २०८३
ताजा अपडेट

यी कारण सिटी नै लिओनेल मेस्सी भित्र्याउने पक्षमा कठोर बन्दै ?


  • शुक्रबार, फाल्गुन १४ २०७७
15.1K
SHARES

फाईल तस्बिर

बार्सिलोना सुपर स्टार लिओनेल मेस्सी माथि विभिन्न प्रकारको अनुमान लगाइदै आएको भएता पनि बार्सिलोनाको बसाई बारे अन्योलता बारे निर्णय सिजनको अन्त्यमा मात्र गर्ने मेस्सीले अडान बोकेका छन् । गत सिजन मेस्सी भित्र्याउने पक्षमा फ्रन्ट लाइनमा रहेको इन्ग्लिश क्लब म्यानचेस्टर सिटी मेस्सीले लिएको निर्णयका कारण निकै पछाडी धकेलिएको छ । गत सिजन मेस्सी ल्याउने बारे झन्डै फैसला नै भैसकेको तबरका समाचार बाहिरिएको भएता पनि उक्त ट्रान्सफर विषयमा कुनै सच्चाई नरहेको समेत सिटीले आफ्नो स्पष्टीकरण दिइसकेको छ ।

तर अब मेस्सी र सिटी विचको हुन सक्ने प्रबल सम्भावना के छ त रु सिटी सान्दर्भिक रिपोर्टले मेस्सी र सिटी विचको भविष्यमा हुन सक्ने कठिनाई र सम्भावनाको लेखाजोखा तयार पारेको छ । उक्त रिपोर्ट भन्छ सिटीको रहर हाल लिओनेल मेस्सी माथि छैन, त्यसको मूल कारण हो मेस्सीले बार्सिलोनामा लिदै आएको पारिश्रमिक जुन निको ठुलो छ । अर्को निर्णय हो सिटीले पेरिस सेन्ट जर्मनले जुन गल्ति गर्यो उक्त गल्ति दोहोर्याउन चाहदैन ।

मेस्सी ट्रफीको जितको दौडाहामा छन्, उनि भौतिक मूल्यमा भन्दा ट्रफीको दौड मै ब्यस्त छन् ।
लिओनेल मेस्सी विश्व उत्कृष्ट खेलाडी हुन् र उनले फ्री ट्रान्सफर रोजे सिटीका निम्ति भने अवसर बन्न सक्ने छ । उनको पारिश्रमिक ठुलो छ तर विगत देखि बार्सिलोनामा उनको मूल्य हेर्ने हो भने उनले आफुले कमाई गर्ने भन्दा उनको कारण क्लबले कमाई गर्ने अङ्क ठुलो छ । ८ प्रतिसत मेस्सीले कमाई गर्दा ४० प्रतिसत बार्सिलोनाले मेस्सी मार्फत कमाई गरेको तथ्यांक भेट्न सकिन्छ ।

मेस्सी अनुबन्ध हुनु क्लबका निम्ति समेत सम्वृद्धि आउनु हो तर मेस्सी भित्र्याउन कसले सक्ला?


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा