सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र फलामजस्ता तत्व पाईने भएकाले सिस्नुलाई हेला नगरि खानाले मानिस निरोगि हुने गर्छन ।
कसरी खाने सिस्नो?
– सामान्यतया: सिस्नोलाई पखाली उम्लेको तातोपानीमा राखी घोटेर पकाउने प्रचलन छ। विशेषगरी यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेर पकाइन्छ।
– तर, विदेशमा बटरमा प्याज, लसुन, लिक, गाँजर, फुराएर भेज स्टक र आलु राखेर सिस्नो पकाइन्छ। यसलाई बल्याण्ड गरेर छानिन्छ। अन्त्यमा नुन, मरिच र क्रिम हालेर नेटल सुपको रुपमा प्रयोग गर्ने प्रचलन छ।
– सिस्नुको चिया पनि त्यत्तिकै प्रचलित छ। यसलाई निकै स्वास्थ्यवर्द्धक पनि मानिन्छ। यसलाई ग्रिन-टीकै तरिकाले सेवन गरिन्छ। र, जुसको रुपमा पनि पिउन सकिन्छ।
– सहजताका लागि अहिले सुपरमार्केटमा सिस्नोको पाउडर पनि उपलब्ध हुन्छ। यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ।
– सिस्नोको फूलको सुप बनाएर पनि प्रयोग गर्न सकिन्छ। यसलाई भात या मकैको च्याख्लासँग सेवन गर्दा निकै स्वादिष्ट हुन्छ।
औषधीय गुण
– सिस्नोले मुटुसम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ।
– यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ।
– सिस्नो गर्भवती तथा सुत्केरीलाई समेत खुवाइन्छ। उनीहरुका लागि सिस्नो अति फाइदाजनक मानिन्छ।
– उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ। यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्याउँछ।
– प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्छ।
– सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ। यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मद्दत पुर्याउँछ।
– यसले कपाल सिल्की बनाउन सहयोग गर्छ भने कपाल झर्नबाट रोक्ने काम गर्छ।
– सिस्नोले शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ। यसले डिएनए क्षयीकरण हुनबाट समेत रोक्ने काम गर्छ।
– पिसाबको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा हुन्छ।
– शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मद्दत गर्छ।
– शरीर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि आजैबाट नियमित सिस्नोको प्रयोग गर्दा हुन्छ।